भक्तपुरको मध्यपुरमा कांग्रेस अगाडि, सूर्यविनायकमा एमाले

  • वैशाख ३१, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । भक्तपुरका दुई स्थानीय तहको निर्वाचनको मतगणना सुरु भएको छ । केहीबेर अघिदेखि दुई पालिकामा मत गन्न थालिएको हो । ​मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकामा मत गणना सुरु भएको हो । चाँगुनारायण र भक्तपुर नगरपालिकामा भने शनिबार बिहान ८: ०० वजेपछि मतगणना हुने सर्वदलीय बैठकले निर्णय गरेको छ ।

प्राप्त पछिल्लो परिणाम अनुसार भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । नगर प्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्‍ठले २१७ मत र नेकपा एमालेका मदन सुन्दर श्रेष्‍ठले १४९ मत ल्याएका छन् ।

त्यसैगरी उपमेयरमा एमालेकी उत्तरा नेपालले १७२ मत र गठबन्धनका तर्फबाट उमेदवार बनेका नेकपा माओवादी केन्द्रका विजय कृष्ण श्रेष्‍ठले १५२ ल्याएका छन् ।

उता सुर्यबिनायक नगरपालिकामा नेकपा एमालेका उमेदवार बाशुदेव थापाले अग्रता कायम गरेका छ्न । पछिल्लो मतगणना अनुसार थापाले १९७ मत ल्याएका छन् । त्यसैगरी उप प्रमुखकि एमाले उमेदवार सरिता भट्टराईले पनि १९७ मत तथा वडाअध्यक्षका उमेदवारले पनि १९७ मत ल्याएका छन् ।

त्यसैगरी गठबन्धनका तर्फबाट कांग्रेसका मेयरका उमेदवार निसान ढुगेलले ६३ मत तथा उप प्रमुखमा गठबन्धनका तर्फबाट नेकपा एसका श्यामसुन्दर बस्नेतले १५ मत ल्याएका छन् । त्यसैगरी राप्रपाका उमेदवारले प्रमुख र उप प्रमुखमा ७०–७० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved