सुदूरपश्चिममा कुन पार्टीले कति स्थानीय तहमा लिए अग्रता (विवरणसहित)

  • वैशाख ३१, २०७९
  • कालापानी मिडिया
alt

काडमाडौं । सुदूरपश्चिम प्रदेशका ८८ पालिकामा शुक्रबार मतदान सम्पन्न भएकोमा विभिन्न स्थानीय तहमा मतगणना सुरु भएको छ। कतिपय स्थानीय तहमा मतगणना रातिबाट नै सुरु भएको छ भने कतिपयमा शनिबार बिहानैदेखि सुरु भएको छ हो।

प्रदेशका ८८ मध्ये २५ पालिकाको प्रारम्भिक नतिजामा एमालेले अग्रता लिएको छ। एमालेले गणना सुरु भएमध्येका ११ स्थानीय तहका मेयर÷अध्यक्षमा अग्रता लिएको छ। यस्तै काँग्रेसले ९ र माओवादी केन्द्रले ५ पालिकामा अग्रता लिएको छ।

बैतडीको दशरथचन्द, पाटन, मेलौली, कैलालीको बर्दगोरिया, डोटीको बोगटान फुडसिल, जोरायल, बझाङको बिथ्थरचिर, मष्टा, खप्तडछान्ना र अछामको बान्नीगढी जयगढमा एमालेको अग्रता छ।

यस्तै डडेल्धुराको अमरगढी, गन्यापधुरा, बैतडीको सुर्नाया, पुचौडी, शिवनाथ, डोटीको बडिकेदार, कञ्चनपुरको लालझाडी, कैलालीको गोदावरी र कैलारीमा नेपाली काँग्रेसले अग्रता लिएको छ।

माओवादी केन्द्रले भने कञ्चनपुरको बेलौरी, डडेल्धुराको पशुराम, दार्चुलाको अपिहिमाल र लेकम तथा अछामको रामारोशनमा अग्रता लिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved