बागलुङमा झडप, २ जना घाइते,एकको अवस्था गम्भीर, मतगणना समेत प्रभावित

  • वैशाख ३१, २०७९
  • कालापानी मिडिया
alt

बागलुङ । ढोरपाटन नगरपालिकामा झडप हुँदा मतगणना प्रभावित बनेको छ। मत गणनाको विषयमा दुई पक्ष बीच झडप हुँदा मतगणना प्रभावित बनेको हो। झडपमा दुई जना घाइते भएका छन्। जस मध्ये एकको अवस्था गम्भीर छ।

झडपमा ढोरपाटन नगरपालिका-२६ वर्षीय भीमबहादुर विक र वडा-१ का ४० वर्षीय खुमबहादुर विक घाइते भएका छन्। घाइते भिम बहादुरको अवस्था गम्भीर छ।

उनलाई हेलिकप्टरमार्फत पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको इलाका प्रहरी कार्यालय बुर्तीवाङका प्रमुख राजेशकुमार शर्मा अधिकारीले जानकारी दिए।

उनका अनुसार शुक्रबार राति १२ बजे दुई गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ता बीच झडप भएको थियो। झडपका कारण शनिबार दिउँसोसम्म पनि मतगणना भएको छैन। मत गणनाका लागि गणना स्थलमा प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा झडप भएको प्रहरीको भनाई छ।

निर्वाचन कार्यालय ढोरपाटनका निर्वाचन अधिकृत लाल सिंह थापाले सर्व दलीय बैठक राखेर तत्काल मतगणना गरिने बताउँछन्। शुक्रबार ढोरपाटनको सबै मतदान स्थलमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको थियो। ११ मतदान स्थल र २४ मतदान केन्द्र रहेको ढोरपाटनमा १२ हजार १ सय मत खसेको थियो। जुन ६९।१३ प्रतिशत हो।

ढोरपाटनमा नगरपालिकामा कुल मतदाता १७ हजार ६ सय ३० रहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved