काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ मा तीन दशकपछि नेपाली कांग्रेसको इन्ट्रि भएको छ।
ईन्द्रसरोवरको–२ मा कांग्रेसका सुमन श्रेष्ठ वडाध्यक्षमा विजयी भएका हुन्।
तीन दशकदेखि लगातार जित्दै आएको एमालेको विरासत तोड्दै श्रेष्ठले कांग्रेसलाई कमब्याक गराएका छन्। उनले एमालेका उम्मेदवार वैकुण्ठ थापालाई तीनसय ६३ मतान्तरले पराजित गरेका हुन्। श्रेष्ठले एक हजार एकसय २० मत प्राप्त गर्दा एमाले उम्मेदवार थापाले ७ सय ५८ मत पाएका छन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved