मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा एमाले विजयी

  • जेठ २, २०७९
  • कालापानी मिडिया
alt

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमाले विजयी भएको छ।

अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी र उपाध्यक्षमा उमाकुमारी लामा विजयी भएका हुन्।

पुडासैनी तीन हजार ७२२ मत ल्याई गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका विश्व लामाले तीन हजार ४७२ मत ल्याए।

लामा तीन हजार ७२५ मत पाई उपाध्यक्षमा विजयी भइन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार निर्मला रुम्बाले तीन हजार ६५६ मत ल्याइन्।

अघिल्लो स्थानीय तह निर्वाचनमा पनि यो गाउँपालिकामा एमाले नै विजयी भएको थियो। लामा ०७४ को निर्वाचनमा पनि उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

गाउँपालिकाको पाँचमध्ये तीन वडामा कांग्रेस विजयी भएको छ। एमालेले दुई वडामा जितेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved