इलाम नगरपालिकामा ३० वर्षपछि फर्कियो कांग्रेस

  • जेठ ४, २०७९
  • कालापानी मिडिया
alt

इलाम । इलाम नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार केदार थापा विजयी भएका छन्।उनले १३ हजार ११५ मत प्राप्त गरे। मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङले १० हजार ५८७ मत ल्याए।

उपप्रमुखमा कांग्रेसकै विष्णु दाहालले जित हासिल गरिन्। उनले १३ हजार ५४२ मत प्राप्त गरिन्। उनकी प्रतिद्वन्द्वी एमालेकी सीतादेवी रिजालले १० हजार ८८ मत ल्याएकी छन्। १२ वटा वडा रहेको इलाममा ९ वटामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने ३ वटामा एमाले विजयी भएको छ।

यो नगरपालिकामाकांग्रेसले ३० वर्षपछि विरासत फर्काएको हो। २०४९ सालको स्थानीय निकायको निर्वाचनमा कांग्रेसले इलाम नगरपालिकामा जित हासिल गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved