विराटनगर । विराटनगर महानगरपालिका–१३ को वडाध्यक्षमा राप्रपाका उम्मेदवार विजयी भएका छन्। ५९ मतान्तरले राप्रपाका सूर्यलाल यादव वडाध्यक्ष निर्वाचित भएका हुन्।
बुधबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार यादवले कांग्रेसका आमोदकुमार झालाई पराजित गरे। यादवले ६२८ मत पाउँदा झाले ५६९ मत मात्रै ल्याउन सके।
वडाध्यक्षका पदका अन्य प्रतिस्पर्धी नेकपा (एमाले) का किशोरकुमार पोखरेल ५५८ र जसपाका झरिलाल महतो ३८८ मतमा सीमित भए। महतो यसअघिका वडाध्यक्ष हुन्। २०७४ सालको स्थानीय निर्वाचनमा उनी जसपाबाट निर्वाचित भएका थिए।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved