पुष्कर भट्ट, कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन र नेकपा एमालेलाई उछिन्दै कांग्रेसका भोजराज बोहरा मेयर र तुलसी जोशी उपमेयरमा निर्वाचित भएका छन् ।
मेयरमा बोहराले ८ हजार ७८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपा एमालेकी सुसिला सिंह ४ हजार ७४० मतमा रोकिइन् । माओवादी र समाजवादीको गठबन्धनबाट मेयरका उमेदवा समाजवादीका रामचन्द्र रेग्मीले ३ हजार ८९८ र राप्रपाका बमबहादुर बलमे १ हजार ७५१ मत ल्याए ।
उपमेयरमा नेपाली कांग्रेसकी तुलसी जोशी ७ हजार २५४ मत सहित विजयी भइन् । उनकी प्रतिस्पर्धी एमालेकी पार्वती भट्टले ५ हजार ७२७ मत प्राप्त गरिन् । गठबन्धनबाट माओवादीकी हिरा जैसीले ३ हजार ६५२ मत प्राप्त गरिन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved