काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन्।
मेयरमा कांग्रेसका उपेन्द्र कार्की ११ हजार ३२२ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामशरण ढुंगानाले ८ हजार २६३ मत प्राप्त गरेका छन्।
उपमेयरमा भने एमाले निर्वाचित भएको छ। एमालेकी शान्ता थापा ९ हजार ९७५ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भोला चौलागाईंले ५ हजार ४२२ मत प्राप्त गरे।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved