गण्डकीका मुख्यमन्त्री र भारतकी राजदूतबीच भेटवार्ता

  • जेठ ११, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपालका लागि भारतकी कार्यवाहक राजदूत नाम्गे सी खम्पाले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग भेट गरेकी छिन्।

कास्की र मुस्ताङमा भारतीय दूतावासमार्फत सञ्चालित योजना अनुगमन र उद्घाटनका क्रममा पोखरा आएकी राजदूत खम्पा मंगलबार मुख्यमन्त्रीको कार्यालय पुगी पोखरेलसँग भेट गरेकी हुन्। भेटका अवसरमा प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ९जीवन०, कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापा, प्रमुख सचिव रविलाल पन्थ पनि सहभागी थिए।

मुख्यमन्त्री पोखरेलले मुलुकको समृद्धिका लागि सहकार्य बढाउँदै लैजानुपर्नेमा जोड दिए। उत्तरमा चीनको नाकादेखि दक्षिण भारत जोड्ने कोरला–त्रिवेणी सडक अन्तर्गत दुम्कीवास त्रिवेणी खण्डको आठ किलोमिटर सुरुङ मार्ग निर्माणमा प्रदेशले संघ सरकारमार्फत भारतसँग सहकार्य गर्न तयार रहेको उनले बताए।

मुख्यमन्त्री पोखरेलले तनहुँमा रहेको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्रको स्तरोन्नतिका लागि नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत प्रतिबद्धता जनाएको स्मरण गराउँदै मुख्यमन्त्री पोखरेलले त्यहाँ मेडिकल कलेज सञ्चालनका लागि भारत सरकारबाट सहयोगको अपेक्षा गरेको राजदूतसमक्ष बताए।

प्रदेशको रोजगारी प्रवर्धन, पर्यटकीय क्षेत्र पोखराको सौन्दर्यीकरणका साथै फेवातालको संरक्षणमा समेत सहकार्य गरेर जान सकिने मुख्यमन्त्रीको भनाइ छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यहाँको व्यावसायिक क्षेत्र फराकिलो हुने भन्दै त्यसै अनुसारका संरचना निर्माण जरुरी रहेको उनले सुनाए।

कार्यवाहक भारतीय राजदूत नाम्गे सी खम्पाले गण्डकी प्रदेशको समृद्धिका लागि सहकार्य गर्न भारत तयार रहेको बताइन्। प्रदेशभित्रका सडक, पर्यटकीय पूर्वाधार र यातायात क्षेत्रमा भारतीय सरकारले सहयोग गर्दै आएको र योजनाबारे विस्तृत विवरण प्राप्त भए थप काम सुरु गर्ने भनाइ छ। नेपाली विद्यार्थीलाई छात्रवृत्तिका साथै विद्यालय तथा क्याम्पसका लागि बस, अस्पताल र संघसंस्थाका लागि एम्बुलेन्स प्रदान गर्दै आएको र यसले निरन्तरता पाउने प्रतिबद्धता उनले जनाइन्।

भारतीय राजदूतावासमार्फत प्रदेशभर ५२ वटा योजना सञ्चालन भएकोमा कास्कीमा मात्र ११ वटा योजना सञ्चालनमा छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved