९० करोडको आईपीओ जारी गर्ने महालक्ष्मी लाइफको योजना

  • जेठ ११, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो पूँजी वृद्धि योजना अन्तर्गत पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुसँग थप ५० प्रतिशत रकम जम्मा गर्न आह्वान गरेको छ । कम्पनीको गत वैशाख २५ गते बसेको विशेष साधारण सभाको विशेष निर्णय बमोजिम असार ९ गतेसम्ममा हाल कायम शेयरधनीहरुसँग ५० प्रतिशत अर्थात् रू.७० करोड पूँजी थप गर्न सूचनामार्फत आह्वान गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू.१ अर्ब ४० करोड रहेको छ । अहिले संस्थापकहरुसँग आह्वान गरिएको ५० प्रतिशत थप पूँजी पश्चात कम्पनीको चुक्तापूँजी रू.२ अर्ब १० करोड पुग्नेछ । त्यसपछि कम्पनीले सर्वसाधारणका लागि रू.९० करोड बराबरको आईपीओ निष्कासन गर्नेछ । उक्त आईपीओ निष्कासन तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी रू.३ अर्ब पुग्नेछ ।

बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्तापूँजी रू.५ अर्ब पुर्याउन निर्देशन दिएको छ । सोही अनुसार आईपीओ निष्कासन पश्चात कम्पनीले अर्को एक कम्पनीसँग मर्जरमा गएर चुक्तापूँजी रू.५ अर्ब पुर्याउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved