सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठविस नगरपालिका-२ सिस्नेमा भएको बस दुर्घटना परि मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ भने ३९ जना घाइते भएका छन् । मुगुबाट नेपालगन्जतर्फ जाँदै गरेको म १ख ६६० नम्बरको बस बुधवार साँझ कर्णाली राजमार्गमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेर मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका-९ का ३६ वर्षीय काशीराम पाण्डे र सोही ठाउँका ३२ वर्षीय प्रेम सुनार, कालिकोटको पलाता गाउँपालिका-३ का ज्ञानबहादुर बम र धनकला शाही रहेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए ।
दुर्घटनामा परेर ३९ जना घाइते भएका प्रहरीले जनाएको छ । रातिको समयमा बस दुर्घटना भएकाले अझै पुरा विवरण आई नसकेको प्रहरी प्रमुख शाहले बताए।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved