१२ देशमा फैलियो मंकीपक्स संक्रमण,नेपालमा पनि संक्रमण फैलिन सक्ने जोखिम

  • जेठ १२, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । दुर्लभ मानिए पनि मंकीपक्स संक्रमण पछिल्लो समय विश्वका विभिन्न देशमा देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार हालसम्म १२ देशका ८० भन्दा बढी व्यक्तिमा मंकीपक्स संक्रमण पुष्टि भइसकेको छ । थप ५० भन्दा बढी संक्रमणका केसमाथि आंशका गरिएको छ ।

तीव्र गतिमा फैलिरहेको मंकीपक्स जर्मनी, अमेरिका, अस्ट्रेलिया, बेलायत, स्पेन, पोर्चुगल, फ्रान्स, इटाली र स्विडेनसहित युरोपेली देशमा समेत देखिएको थियो । खासगरी, अफ्रिकी मुलुकमा देखिएको यो दुर्लभ संक्रमण नौवटा युरोपियन देशसहित अमेरिका, क्यानडा र अस्ट्रेलियामा पुष्टि भएको छ । हालसम्म संक्रमण देखिएका देशमा अफ्रिकाबाट फर्किएकाबाट समुदायमा फैलिएको प्रारम्भिक अध्ययनले देखाएको छ । युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड इन्फेक्सन र युकेको स्वास्थ्य सुरक्षा एजेन्सीले विशेष गरी समलिंगी र उभयलिंगी पुरुषमाथि अनुसन्धान गरिरहेको जनाएको छ । र, यस्ता व्यक्तिका शरीरमा कुनै पनि असामान्य दाग वा घाउ देखिए सचेत रहन आग्रह गरेको छ । संक्रमितको तथ्यांक सार्वजनिक गरेको अमेरिकामा पहिलोपटक ७ मेमा संक्रमण देखिए पनि हालसम्म मंकीपक्सका २० वटा केस पुष्टि भएको छ । यद्यपि, समुदायभित्र अझै धेरै केस पत्ता नलागेको हुन सक्ने अनुमान छ ।

नेपालमा पनि संक्रमण फैलिन सक्ने जोखिम
नेपालमा पनि मंकीपक्स संक्रमण फैलिन सक्ने जोखिम रहेकाले संक्रमणप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । मृत्युदर १० प्रतिशत रहेको मंकीपक्स संक्रमण अन्य संक्रमणजस्तै छिटो फैलिन सक्ने भएकाले सवाधानी अपनाउन अपिल गरिएको हो । ‘संक्रमण फैलिने तरिका फरक भएको हुन सक्ने भएकाले नेपालमा जोखिम छैन भन्न मिल्दैन । मानिसबाट मानिसमा सर्ने संक्रमण भएकाले विश्वभर नै जोखिम रहेको कोभिड संक्रमणले समेत पुष्टि गरेको छ । तसर्थ, समयमै सतर्कता अपनाउन पर्ने सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले बताए ।

यो खबर आजको नयाँपत्रिका दैनिकले छापेको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved