रञ्जन कोइरालालाई २० वर्षै जेल (यस्तो थियो अघिल्लो फैसला)

  • जेठ १३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । न्याय प्रशासन ऐनअनुसार, सर्वोच्च अदालतको फैसला अन्तिम हुन्छ। तर, फैसलामा गम्भीर त्रुटि भेटिए वा प्रतिपादित नजिर बाझिए तथा नयाँ तथ्य वा प्रमाण फेला परे पुनरावलोकन हुन्छ। त्यहीँ पुनरावलोकनको व्यवस्थाअनुसार, सर्वोच्च अदालतले रञ्जन कोइरालालाई कैद घटाउन गरेको फैसला उल्ट्याएको छ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की न्यायाधीशहरू टंकबहादुर मोक्तान र डा। कुमार चुडालको पूर्ण इजलासले बिहीबार सर्वोच्चको फैसला उल्ट्याएको हो। पूर्ण इजलासको फैसलासँगै पत्नी हत्याको अभियोगमा जन्मकैदको सजाय पाएका कोइराला पुनः कैद बस्नुपर्ने छ। दुई वर्षअघि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कैद मिनाहाको राय सुनाएको थियो।

२०७७ असार १५ गते कोइरालाको ८ वर्ष ६ महिना हुने गरी सजाय घटाएको थियो। सर्वोच्चको फैसला प्रतिआपत्ति जनाउँदै महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनका लागि २०७७ साउन २१ गते निवेदन दिएको थियो। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार कोइरालाको हकमा उच्च अदालत (तत्कालीन पुनरावेदन)को फैसला सदर भएको छ। यसअघि सर्वोच्चको ८ वर्षको राय बदर भएको छ। महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले फैसलाअनुसार २० वर्ष नै सजाय कायम हुने बताए। ‘पहिला जति कैद भुक्तान गरेको हो त्यसमा घटाएर बाँकी अवधि जेलमा बस्नुपर्छ,’ उनले भने। कोइराला झन्डै साढे ११ वर्ष कैद बस्नुपर्ने छ।

यस्तो थियो अघिल्लो फैसला
प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको इजलासले पत्नी हत्याको जघन्य अपराध गरे पनि ‘२० वर्ष कैद गर्दा चर्को पर्न जाने चित्तमा लागेको’ भन्दै कैद सजाय घटाउने फैसला गरेको थियो। फैसलामा भनिएको छ, ‘गीता ढकाल बसेको घरमा प्रतिवादी रञ्जनप्रसाद कोइराला जाँदा गीता ढकालले व्यापारका लागि पैसा मागेका कारण उठेको विवादमा दुवै जनाबीच झै–झगडा, वादविवाद हुँदा सो अवस्थामा रिस उठी आवेगमा आई धकेल्दा टाउको भित्तामा ठोक्किइ मृत्यु भएको।’ सर्वोच्चले वादविवाद हुँदा आवेशमा घटना भएको भनी व्याख्या गरेको पाइएको छ।
यो खवर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved