मेलम्ची खानेपानीको मुहानको ढोका मनसुन सुरु हुनुअघि नै बन्द गरिने

  • जेठ १३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानको ढोका मनसुन सुरु हुनु अघि नै बन्द हुने भएको छ । अघिल्लो वर्ष असार १ गतेको बाढीले क्षति गरेपछि मर्मत गरी गएको चैतमा पानी पथान्तरण गरिएको थियो ।

मर्मतपछि अस्थायी रुपमा काठमाडौंमा पानी पठाउन थालिएको थियो । तर यस पटकको वर्षायाममा समेत बाढी, पहिरो आउन सक्ने र खानेपानी आयोजनाको मुहान क्षेत्रमा क्षति हुनसक्ने अनुमानसहित पानी पथान्तरण गर्ने सुरुङको ढोका बन्द गर्न लागिएको हो ।

मुहान क्षेत्रलाई जोगाउन एक नम्बर ढोका (वफर ड्याम) हेडवर्क्स अन्तर्गतका ९, १०, ३८ तथा अम्बाथानको अडिट पोर्टल अर्थात सुरुङ सफा गर्ने ढोका बन्द गर्न फलामे ढोका तयार गरिएको छ ।

मुहान क्षेत्रमा बाढीको पूर्वसूूचना दिने सतर्कताको घण्टी समेत जडान गरिएको छ । खानेपानी मन्त्रालयले मेलम्चीको पानी नआएका बेला काठमाडौंको वाग्मती, भक्तपुरको महादेव जलाशय तथा जमिनमुनिको पानी सङ्कलन गरी प्रशोधनपछि वितरण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।

वाग्मती नदीबाट दैनिक १० करोड, महादेव जलाशयबाट दुई करोड लिटर तथा जमिनमुनिबाट आठ करोड गरी दैनिक २० करोड लिटर पानी वितरण हुनेछ । वर्षायाम सकिएलगत्तै आयोजना पुनः सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved