काठमाडौं महानगरको मतपरिणाम, कुन वडामा कुन पार्टीले जित्यो ?

  • जेठ १३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । काठमाडौं महानगरपालिकाको ३२ वटै वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसले १९ वटा वडा जितेको छ भने नेकपा एमालेले १२ वटा वडा जितेको छ । यस्तै एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले एउटा मात्रै वडा जितेको छ । निर्वाचन आयोगका अनुसार वडा नम्बर १ मा एमालेका भरत लाल श्रेष्ठ, वडा नम्बर २ मा एमालेका राजेन्द्र कुमार श्रेष्ठ, वडा नम्बर ३ मा एमालेका प्रेम थापा, वडा नम्बर ४ मा एमालेका दिनेश महर्जन र वडा नम्बर ५ मा एमालेका वीरेन्द्र प्रजापती विजयी भएका छन् ।

वडा नम्बर ६ मा कांग्रेसका भुवन लामा, वडा नम्बर ७ मा कांग्रेसका बिमल कुमार होडा, वडा नम्बर ८ मा कांग्रेसका आशामान संगत, वडा नम्बर ९ मा कांग्रसका रामजि भण्डारी, वडा नम्बर १० मा कांग्रेसका राम कुमार के।सी, वडा नम्बर ११ मा कांग्रेसका हिरा लाल तण्डुकार र वडा नम्बर १२ मा कांग्रेसका बाल कृष्ण महर्जन निर्वाचित भएका छन् ।

यसैगरी, वडा नम्बर १३ मा एमालेका ध्रुव नारायण मानन्धर, वडा नम्बर १४ मा कांग्रेसका सुमन श्रेष्ठ, वडा नम्बर १५ मा एकीकृत समाजवादीका ईश्वर मान डंगोल, वडा नम्बर १६ मा कांग्रेसका मुकुन्द रिजाल, वडा नम्बर १७ मा कांग्रेसका नविन मानन्धर, वडा नम्बर १८ मा एमालेका न्हुछेकाजी महर्जन, वडा नम्बर १९ मा कांग्रेसका राजेश कुमार श्रेष्ठ र वडा नम्बर २० मा पनि कांग्रेसका राजेन्द्र मानन्धर विजयी भएका छन् ।

यस्तै, वडा नम्बर २१ मा एमालेका उदय चुडामणि बज्राचार्य, वडा नम्बर २२ मा एमालेका चिनीकाजी महर्जन, वडा नम्बर २३ मा एमालेका मचा राजा महर्जन निर्वाचित भएका छन् । त्यस्तै वडा नम्बर २४ मा कांग्रेसका बिनोद कुमार राजभण्डारी, वडा नम्बर २५ मा कांग्रेसका राजेश डंगोल, वडा नम्बर २६ मा कांग्रेसका ख्यामराज तिवारी, वडा नम्बर २७ मा कांग्रेसका योगेश कुमार खड्गी, वडा नम्बर २८ मा कांग्रेसका भाइराम खड्गी प्रकाश, वडा नम्बर २९ मा कांग्रेसका कुश ढकाल, वडा नम्बर ३० मा कांग्रेसका दल बहादुर कार्की, वडा नम्बर ३१ मा एमालेका सरोज ढकाल र वडा नम्बर ३२ मा पनि एकालेकै नवराज पराजुली निर्वाचित भएका छन् ।

कांग्रेसले वडाअध्यक्षसँगै बहुमत वडा सदस्य पनि जितेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved