काठमाडौं । राजनीतिक विश्लेषक तथा लेखक प्रकाश रायमाझीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे बिहीबार सर्वोच्च अदालतले गरेको फैसलालाई सकारात्मक रूपमा हेर्नुपर्ने बताएका छन् ।
सर्वोच्च अदालतको फैसला विकासविरोधी नभइ वातावरणमैत्री भएको भन्दै उनले वातावरण नष्ट गरेर नेपालमा विकासका योजना आवश्यक नभएको टिप्पणी समेत गरेका छन् । ‘बाघ भालु हिँड्न्ने बाटोमा यस्तो योजना ल्याउन गलत मनसायबाट प्रस्तावना गरिएको थियो,’ उनले भने, ‘पर्यावरणलाई नष्ट गरेर यस्ता विकास योजना यो देशको लागि आवश्यकता थिएन ।’ सर्वोच्च अदालतको यो फैसलाबाट मुलुकको पर्यवरण जोगाउन मद्दत मिलेको टिप्पणी समेत उनको छ ।
निजगढ विमानस्थल ८ हजार बिघामा बनाउन प्रस्ताव गर्नु नै गलत भएको उनले बताएका छन् । ‘मध्य चुरेको जङ्गलको ४० लाख भन्दा बढी रुख बिरुवा फाँडेर वनविनाश हुनबाट जोगिनु वातावरणीय दृष्टिकोणले अति महत्वपूर्ण हो,’ उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै लेखेका छन्, ‘हामीलाई आवश्यकताभन्दा बढी क्षेत्रफल लिएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने हावा सपनालाई रोकनै पर्थ्यो । हचुवाको भरमा ल्याइएको योजनालाई रोकिनु सही मान्नुपर्छ । यसले विकास विरोधी काम भयो भन्ने भ्रममा भन्दा यथार्थमा बौद्धिक समुदाय प्रष्ट हुनुपर्दछ ।’
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved