निजगढ विमानस्थल निर्माणका लागि सरकारले छुट्यायो बजेट

  • जेठ १५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । सर्वोच्च अदालतले निर्माण कार्य रोक लगाएको बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ।

सर्वोच्चले विमानस्थल निर्माणको काम रोक्न आदेश दिए पनि सरकारले लगानी बोर्डमार्फत निर्माण कार्य अगाडि बढाउने घोषणा गरेको हो। आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विमानस्थल निर्माणका लागि ढाँचा निर्माण गरी लगानी बोर्ड नेपालमार्फत आयोजना विकास कार्य अगाडि बढाइने बताए।

साथै गौतमबुद्ध अन्तर्ष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याइने उनले बताए। त्यस्तै त्रिभुवन विमानस्थलको चापलाई व्यवस्थित गर्न ट्याक्सी वे थप्ने तथा दोस्रो टर्मिनल निर्माणका लागि २ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको पनि उनले बताए। हवाई तथा यात्रु चापको विश्षलेषणका आधारमा गौतम बुद्ध विमानस्थलको दोस्रो टर्मिनल भवनको निर्माण कार्य अगाडि बढाइने पनि मन्त्री शर्माले बताए। त्यसै गरी धनगढी विमानस्थलमा स्तरोन्नति गरी क्षेत्रीय विमानस्थल पनि बनाइन पनि सरकाले बजेट विनियोजन गरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved