काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पहिलो बैठकमा तीन ‘स’ भए मात्रै सफल हुन सक्ने बताएकी छन्।
महानगरको सोमबार बसेको पहिलो बैठकमा उनले सहकार्य, सहअस्तित्व र सहमतिबाट मात्रै सफलता प्राप्त गर्न सकिने बताएकी हुन्।
पद तथा गोपनियताको सपथ ग्रहण भएकै दिन बसेको बैठकमा उनले फोहरलाई सदुपयोग गरेर नै यसको सही व्यवस्थापन गर्न सकिने धारणा राखिन्। डंगोलले भनिन्, “फोहरलाई मोहर अब नारामा होइन, यथार्थमा बदल्नु पर्दछ।”
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved