सिन्धुली । सिन्धुली अस्पताल अस्पतालमा विभिन्न विशेषज्ञ सेवा थपिए संगै दैनिक जसो विरामी सख्या पनि वृद्धि भएको छ । सिन्धुली अस्पतालमै विभिन्न विशेज्ञ सहितको सेवा संचालन भए पछि सिन्धुलीवासीहरु धुलिखेल काठमाडौं धाइ रहुन पर्ने वध्यता हटेको छ । गर्मी मासौममा प्राय विरामीहरुको संख्या उल्लेख्य मात्रमा वढ्ने गरेको छ ।
दैनिक ३०० विरामीहरुको ओ पि डि टिकट काटिने गरे पनि सामान्य सेवा मात्र दिदै आएको सिन्धुली अस्पतालले हाल अर्थोपेडिक, प्रसुतिसेवा, विभिन्न विशेषज्ञ सेवा थप भएको हुदा विरामी सख्यामा वृद्धि भएको कुरा डाक्टरहरुको भनाइ रहेको छ ।
सुविधा थप भए पनि विभिन्न प्राविधिक कारणहरुले सिन्धुली अस्पताल वेला वखत समस्याहरु झेल्दै आइ रहेको छ । कर्मचारी अभाव, भौतिक संरचनाहरुको अभाव ले वेला वखत सेवाहरु प्रभावित वन्ने गरेको छ । हाल सिन्धुली अस्पतालमा नयाँ भवन निर्माणधिन अवस्थामा छ । नया भवन निर्मााण् भए सगै कर्मचरीहरुको ब्यवस्थापनमा ध्यान दिए सगै सिन्धुली अस्पतालको सेवा प्रभावकारी हुने विश्वास छ ।,
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved