नक्कली नोट कारोबार गरेको आरोपमा पर्सा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। बहुदरमाई नगरपालिका-८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वा सुगौली गाउँपालिका घर भई हाल बहुदरमाई नगरपालिका-८ बस्ने २० वर्षीय अजय सहनी पक्राउ परेका हुन्। जगरनाथपुर गाउँपालिका-६ स्थित लागेको दुर्गा भगवती मेलामा नोट साट्दै गरेको अवस्थामा उनीहरूलाई २० थान एक हजारको नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो।
नक्कली नोट साटिरहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले खोजी गर्दै जाँदा मेलाबाटै नक्कली नोटसहित दुवैलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ। उनीहरूविरुद्ध मुद्रासम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved