बलिउडका चर्चित गायक केके कुन्नथको निधन

  • जेठ १८, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । बलिउडका चर्चित गायक कृष्णकुमार केके कुन्नथको मंगलबार राती निधन भएको छ ।

५३ वर्षीय कुन्नथको कोलकातामा स्टेज शो गर्दा गर्दै हृदयघात भएर निधन भएको हो । कार्यक्रममा सहभागी हुनु अघि नै अप्ठेरो महसुश भएको बताएका उनी स्टेजमै ढलेलगतै उनलाई अस्पताल लगिएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

कोलकताका राज्यमन्त्री अरुप विश्वासले केकेको हृदयाघातका कारण निधन भएको जानकारी दिएका थिए । तमिल, तेलुगु, कन्नड, मलायालम, मराठी, बंगाली र गुजराती फिल्ममा गीत गाएका केके कोलकत्ताको गुरुदास कलेजमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका थिए ।

केकेले बलिउड फिल्मका लागि धेरै गीत गाएका छन् । ’हम दिल दे चुके सनम’ मा उनले गाएको ’तडप तडप के इस दिल से’ र ’ओम शान्ति ओम’ मा ’आँखों मे तेरी’ लाई दर्शकले निकै रुचाएका गीत हुन् । उनले ‘हम दिल दे चुके सनम’ बाट बलिउडको पाश्र्व गायनमा उनले करियर सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved