दुर्व्यवहार आरोपी तामाङलाई अभिनेत्री मगरद्वारा ‘भाइ’ सम्झेर माफी

  • जेठ १८, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । ‘कबड्डी ४’की अभिनेत्री मिरुना मगरले दुर्व्यवहारको आरोप लागेका फुर्पा तामाङलाई भाइ सम्झेर माफी दिएकी छन् ।

मंगलबार दुवै पक्षबीच भएको सहमतिमा मगरले आरेपी फुर्पालाई भाइ सम्झेर माफी दिएकी हुन् भने अभिनेत्री मगरले पनि बौद्ध धर्मावलम्बीसँग माफी मागेकी छन् । दुवै पक्ष छलफलले आगामी दिनमा यस विषयमा विवाद नगर्ने, एकअर्काप्रति अनावश्यक टिप्पणी नगर्ने र धार्मिक तथा साम्प्रदायिक द्वेश फैलन नदिन सबै सरोकारवालालाई अपिल गर्ने सहमति भएको छ ।

सहमतिपत्रमा अभिनेत्री मगर, आरोपी फुर्पा तामाङ, कबड्डी फिल्मको तर्फबाट निर्देशन रामबाबु गुरुङ, दयाहाङ राई, मणिराम पोखरेल, विजय बराल, सञ्जाग लाफा मगर, पशुपति राई र कालीप्रसाद बास्कोटाले हस्ताक्षर गरेका छन् ।

यस्तै, बौद्ध धर्मावलम्बी, भिक्षु तथा लामा समुदायहरूको तर्फबाट खेन्पो कमल भण्डारी, मिङ्ग्युर तामाङ, राजु गुरुङ, कर्मा राप्के र हिस्से लुन्डुप लामाले हस्ताक्षर गरेका छन् ।

जेठ १५ गते सिभिल मलमा दर्शकसँगको साक्षात्कारमा अभिनेत्री मगरमाथि दुर्वयवहार गरेको भन्दै प्रहरीले तामाङलाई पक्राउ गरेको थियो ।

आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका–२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको थियो । अभद्र व्यवहार गरेको भन्दै अभिनेत्री मगरले तामाङमाथि थप्पड हानेकी थिइन् ।

मंगलबार भने प्रमुख जिल्ला अधिकारीको आदेशमा तामाङ तीन हजार धरौटीमा रिहा भएका छन् । तामाङ रिहा भएसँगै बौद्ध भिक्षुहरू र फिल्मको टीम बसेर घटनाको सहमति गरेको हो ।

प्रदर्शनमा उत्रिएका युवाहरूले पक्राउ परेका व्यक्ति तामाङ भिक्षु भएको र उनले अभद्र व्यवहार नगरेको भन्दै विरोध प्रदर्शन हुन् । प्रदर्शनकारीहरुले भिक्षुलाई निःशर्त रिहा गर्नुपर्ने माग राखेका छन् ।

kabaddi-miruna

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved