काठमाडौंः शंखुवासभाको चैनपुर नगरपालिका–१ मा सुख्खा पहिरोले दुई जना मजदुर पुरिएका छन् ।
नुनढाकी सडकखण्ड निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुर पुरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
प्रहरीका अनुसार सडकमा पर्खाल लगाउने क्रममा पहिरो जाँदा कामदार रामकुमार राई र हेमराज मगर पहिरोमा पुरिएका हुन् ।
स्काभेटरको प्रयोगबाट उनीहरुलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved