काठमाडौंः तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ ।
सबै २२ जनाको शवको पोस्टमार्टम गरिएपछि विहीबार मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो ।
आइतवार बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एअरको जहाज मुस्ताङको थासाङ गाउँपालिका दुई लारीकोटभन्दा माथि मानापाथी हिमालको फेदीमा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकको ज्यान गएको थियो ।
दुर्घटनामा ज्यान गुमाएकाको शव सोमबार र मंगलबार दुई चरणमा नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved