काठमाडौं । यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित गरेको छ ।
एअरलाइन्सले आजदेखि २७ गतेसम्मका लागि पोखरा-जोमसोम-पोखराका नियमित उडान स्थगित गरेको हो ।
यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले तारा एअरले विशेष कारणवश पोखरा-मुस्ताङको टिकट बन्द गर्ने निर्णय गरेको बताए ।
गत आइतवार पोखराबाट जोमसोम उडेको तारा एअरको जहाज मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरेमा दुर्घटना हुँदा चालकदलका सदस्यसहित विमानमा रहेको सबै २२ जनाको निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved