बजारमा चिनीको अभाव नभएकाले एकै पटक धेरै किनेर नथुपार्न सरकारको आग्रह

  • जेठ २४, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । बजारमा चिनीको अभाव नभएको सरकारले जनाएको छ । नेपालमा चिनीको मौज्दात पर्याप्त भएकाले बजारमा हल्ला चलेजस्तो अभाव नभएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन । भारतले चिनी निर्यातमा रोक लगाएको अवस्थामा आवश्यक परेमा अरु देशबाट चिनी आयात गर्नेतर्फ मन्त्रालयको ध्यानाकर्षण भएको उनको भनाई छ ।

तत्कालको लागि अभाव नहुने भन्दै उनले एकै पटक धेरै किनेर नथुपार्न उपभोक्तालाई आग्रह समेत गरेकी छिन् । भारतले निर्यातमा रोक लगायो भनेर केही साना व्यापारीले कृत्रिम अभाव सिर्जना गरेकाले उपभोक्ताले गुनासो गरेको हुनसक्ने भन्दै मन्त्रालय अन्तर्गतको विभागले त्यसको अनुगमन थालिसकेको उनको भनाइ छ । कसैले कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने गरेको पाइएमा कडा कारबाही हुने उनको भनाइ छ ।

भारतले अगस्ट महिनासम्म निर्यातमा रोक लगाए पनि उसले बाहिरी देशबाट कच्चा पदार्थ किनेर ल्याएर बिक्री गर्न सक्ने सम्भावना रहने भएकाले आत्तिनु पर्ने अवस्था नभएको उनको भनाइ छ । यस्तै भारतले चिनी निर्यातमा रोक लगाएपछि नेपालकै कतिपय उद्योगीले किलोमा १० देखि १५ रुपैयाँ धेरै लिने गरेको गुनासो पनि आएको भन्दै त्यस्ता व्यापारीलाई कानुन अनुसार कारबाही हुने बताइन।

बजारमा चिनीको अभाव हुन थालेको उपभोक्ताले गुनासो गरेका छन् । नेपालको आन्तरिक उत्पादनले नपुग्ने भएकाले नेपाल भारतलगायतका विभिन्न देशमा चिनीमा परनिर्भर छ । भारतले गएको बुधवारदेखि कार्यान्वयनमा आउने गरी चार महिनाका लागि चिनी निर्यातमा रोक लगाएको छ । सरकारले भारत बाहेकका अरु देशसँग चिनी ल्याउनका लागि अहिलेसम्म खासै पहल गर्न थालेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved