काठमाडौंः काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका दुई जनामा हैजा पुष्टि भएको छ ।
काठमाडौं महानगरपालिका बागबजारका १८ र २३ वर्षका बिरामीको नमुना परीक्षणबाट हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजन्य रोगको जोखिम धेरै हुने भएकाले पानी उमालेर वा क्लोरिन प्रयोग गरी पिउन, खानपान र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।
साथै मन्त्रालयले यसको न्यूनिकरणका लागि चोक–चोकमा थुपारिएको फोहोर एथासक्य उठान र सकेसम्म सडकमा फोहोर नफाल्न आग्रह गर्दै, पानी उमालेर मात्र सेवन गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved