दुर्गा प्रसाइलाई नक्कली 'सुनको लौरो' दिने माक्तुम र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

  • असार ७, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले आज भेटघाट गर्नुभएको छ ।

करिब एक घण्टा भएको भेटमा युवराजले नेपालबाट गएका युवाहरुले युएईको विकासमा महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । ‘

माक्तुमले अध्यक्ष ओलीको व्यक्तिगत रुपमा पनि प्रशंसा गर्नुभएको थियो । अध्यक्ष ओलीले माक्तुमलाई नेपाल भ्रमण गरेकोमा एमाले र व्यक्तिगत तर्फबाट स्वागत गर्नुभएको थियो ।

उहाँले यूएई विकासमा फड्को मारेको देश भएकोले त्यहाँबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताउनुभयो । अध्यक्ष ओलीले राष्ट्रपति विद्या भण्डारीले केही समय पहिले यूएईको भ्रमण गरेको पनि स्मरण गराउनुभयो ।

भेटमा एमालेका उपमहासचिव विष्णु रिमाल, एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईं यएईका कार्यवाहक राजदुत इब्राहिम अल मेहिरी लगायतको सहभागीता थियो ।

एमाले केन्द्रीय सदस्य एवं पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको निमन्त्रणामा माक्तुम तीनदिन अघि नेपाल आउनुभएको हो । दुईदिन झापा बसेर हिजो पोखरा जानु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved