एजेन्सी । युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा रुसी गोलाबारीमा १५ जनाको मृत्यु भएको छ।
चार वटा अलग अलग स्थानमा भएका घटनामा ८ वर्षीय बालकसहित उनीहरूको मृत्यु भएको हो।
उत्तरपूर्वी युक्रेनमा अवस्थित खार्किभ रसियासँग सीमा जोडिएको छ। आक्रमणको शुरुमा भागेका बासिन्दामध्ये केही फर्कन थालेका छन्।
रुसी सेनाले खार्किभ सहरबाट ३० किलोमिटर दक्षिणपूर्वमा रहेको चुगुइभ सहरमा गोली चलाउँदा ६ जनाको मृत्यु र चार जना घाइते भएका थिए।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved