नातिनीलाई यौन धन्दामा लगाउने हजुरआमा पक्राउः बालिकाको स्वास्थ्य गम्भीर

  • असार ८, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । पटक पटक बालिकालाई बलात्कारको शिकार बनाउनमा मुख्य सहयोगी गर्ने नाताले हजुरआमा पर्ने एक महिलासहित दुई जना पक्राउ परेका छन् ।

अर्घखाँचीको सन्धिखर्क नगरपालिकाकी १४ बर्षीया बालिकालाई सितगंगा नगरपालिका–१४ का २२ वर्षीय ओमप्रकाश न्यौपानेले त्यसरी पटक पटक बलात्कार गर्ने गरेको यहि असार ५ गते जाहेरी परेको थियो । तत्पश्चात ती बालिकालाई बलात्कार गराउनमा हजुर आमा नाता पर्ने छिमेकी ४० बर्षीया महिला नै मुख्य सहयोगी रहेको खुलासा भएको हो ।

पीडित पक्षले दिएको जाहेरी अनुसार गत जेठ १ गते राती ती महिलाले बालिकाको घरबाट परिवारलाई कुनै जानकारी नगराई चाउचाउ , बिस्कुट खान जाउँ भन्ने आश्वासन दिदै र अन्य लोभ लालच समेत देखाउँदै बलात्कारको शिकार बनाएकी थिइन् ।

त्यस यता पनि उनले आफ्नो घरमा र पटक पटक जंगल लगायत विभिन्न स्थानमा लगेर न्यौपानेबाट बलात्कार गराई पैसा समेत लिने गरेको पाईएकोले ती दुबैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बलात्कार पश्चात उनको स्वास्थ्य अवस्था बिग्रिँदै गए पछि कक्षा ६ मा पढ्ने उनी विद्यालय जान पनि छाडेकी छन् । उनी घरमा समेत बेला बेलामा बर्बराउँदै मध्यरातमा बाहिर जाने गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved