बोकाको हालखबर !

  • असोज २४, २०७६
  • कालापानी मिडिया
alt

खै के,
बताऊँ म
जखमले र झ्याप्ले
ती बोकाहरुको
ताजा हाल खबर
बारम्बार
झम्टी रहन्छन्
अनि हानी रहन्छन्
धर्तीका भित्ताभित्तामा
तिनका सिङहरुले
तैपनि मान्छेहरु
बजार बजारमा
बोका खोजी रहन्छन्
अनि घर घरमा
पाल्न खोजी रहन्छन्
झ्याप्ले बोकाहरु

 
 

ती बिछट्टका,
झ्याप्ले बोकोहरु
हामीले पाल्ने हो भने
टाट्नामा घाँस खुवाएर
खोरमा हाल्नु पर्छ
नत्र खसी पार्नु पर्छ
तर सक्दैनन्
हुतिहारा मान्छेहरू
सायद हुन सक्छ
देवीदेउराली र
कुलायन भगवानको
राम्रो भरोसा छ ।

खै के का लागि
पाल्ने हो बोकाहरु ?
बिउको लागि हो भने
मौसम फेरबदलको
यो जमानामा
बीउ राख्न
त्यति सहजै पाइन्न
मौसम हेर्नुपर्छ
ब्याड बनाउन
जुनसुकै खेतमा
जताततै जोत्न पाइन्न
धर्ती छान्नु पर्छ
बीउ सस्तो छैन
ह्वात्तै पोखीहाल्न हुँदैन
भँगेरा भँगेरीको पनि
ख्याल गर्नु पर्छ
नत्र बिताइ दिन्छन्
अनि बेकम्मा हुन्छ जमिन
अनि कसरी बाच्ने ?

त्यसैले
खै के,
बताऊँ म
जखमले र झ्याप्ले
ती बोकाहरुको
ताजा हाल खबर
बारम्बार
झम्टी रहन्छन्
अनि हानी रहन्छन्
धर्तीका भित्ताभित्तामा
तिनका सिङहरुले
तैपनि मान्छेहरु
बजार बजारमा
बोका खोजी रहन्छन्
अनि घर घरमा
पाल्न खोजी रहन्छन्
झ्याप्ले बोकाहरु

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved