१७ एसएसपी डीआईजीमा बढुवाः एक नम्बरमा बसन्त कुँवर

  • असार ९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल प्रहरीका १७ एसएसपी डीआईजीमा बढुवा सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिको बुधबार बसेको बैठकले १७ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा कार्यरत एसएसपी बसन्त बहादुर कुँवर एक नम्बरमा डीआईजीमा बढुवा सिफारिस भएका छन् ।

यस्तै मानव बेखविखन अनुसन्धान ब्युरोमा कार्यरत टेक प्रसाद राई दोस्रो र तेस्रो नम्बरमा कार्य विभाग कार्य निर्देशनालय नक्सालमा कार्यरत अशोक सिंह बढुवा सिफारिस भएका छन् । चौथो नम्बरमा एसएसपी दीपक थापा, पाँचौँ नम्बरमा श्यामलाल ज्ञवाली, छैटौँमा किरण बज्राचार्य र सात नम्बरमा सन्दिप भण्डारी डीआईजीमा बढुवा सिफारिस भएका छन् ।

यसैगरी जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख सुदिप गिरी आठौँ नम्बरमा बढुवा हुँदा मिरा चौधरी नवौँ नम्बरमा बढुवाको सिफारिसमा परेकी छिन् ।

प्रहरीमा २० डीआईजीको दरबन्दीमध्ये १७ पद रिक्त थियो । १९ वैशाखमा तत्कालीन प्रहरी महानिरीक्षक आईजीपी शैलेश थापा क्षेत्रीसँगै १२ जना डीआईजीले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएका थिए । त्यस्तै केही समयअघि पाँच जना डीआईजी प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा भएपछि रिक्त डीआईजीको दरबन्दी १७ पुगेको थियो ।

डीआईजी बढुवा ढिलो हुँदा मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाहेक अन्य चारवटा प्रदेश प्रहरी कार्यालय निमित्त प्रहरी अधिकारीको भरमा छ । डीआईजीहरू मोहनकुमार आचार्य सुदूरपश्चिम प्रदेश, मसाउद आलम खाँ मधेस प्रदेश र नलप्रसाद उपाध्याय लुम्बिनी प्रदेश प्रहरी प्रमुख छन् ।

 

आईजीपी धीरजप्रताप सिंह प्रहरीको ३० वर्षे सेवा हदका कारण चैतमा अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि अहिले डीआईजी बढुवा भएकामध्येबाट एक जना आईजीपी बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved