एजेन्सीः एक वर्षमा ४० किलो तौल घटाएपछि चीनकी एक ३० वर्षीया महिला अस्पताल भर्ना भएकी छन् ।
चीनको हुबेई प्रान्तकी नाम नखुलाइएकी ती महिला सुरुमा ६५ किलो थिइन् र उनले ४० किलो तौल घटाएरपछि चिन्ता थपिएको छ ।
१६५ सेमी उचाई भएकी उनले अत्यधिक डाइटिङका कारण एक वर्षमा आधाभन्दा बढी तौल घटाएपछि स्वास्थ्यसम्बन्धी गम्भीर समस्या सामन गरेकी छिन् । सोही कारण उनी अस्पताल भर्ना भएकी थिइन् ।
उनका विभिन्न अंगले काम गर्न छोडेका छन् भने । मुटुमा समस्या देखिएको देखिनुका साथै कपाल झर्न सुरु भएको छ भने ग्यास्टिक हुनुका साथै महिनावारी रोकिएको छ ।
जीवनशैलीमा गम्भीर परिवर्तन नगरेमा उनी मर्न सक्ने चेतावनीका बाबजुद ती महिलाले चिकित्सकले सिफारिस गरेको उपचार अस्वीकार गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved