अमेरिकाको माथिल्लो सदनबाट बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित

  • असार १०, २०७९
  • कालापानी मिडिया
alt

एजेन्सी । अमेरिकाको माथिल्लो सदनले बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित गरेको छ ।

अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ६५ र विपक्षमा ३३ मत परेसँगै विधेयक पारित भएको हो ।

विधेयकको पक्षमा १५ जना रिपब्लिकन विधायकले पनि विधेयकको पक्षमा मतदान गरेका थिए । विधेक परितपछि बोल्दै राष्ट्रपति जो बाइडेनले खुशी व्यक्त गर्दै विद्यालयमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न र समुदायलाई सुरक्षित बनाउन मद्दत पुग्ने बताउनुभयो ।

अब तल्लो सदनमा प्रस्तुत हुने विधेयक अनुमोदनपछि राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुनेछ र विधेयक कानुनमा रुपान्तरण हुनेछ । यस विषयमा राष्ट्रपति बाइडनले विधेयकमा शीघ्र मतदान हुनुपर्ने बताउनुभएको छ ।

टेक्सासको उभल्देस्थित एक प्राथमिक विद्यालयमा १९ जना बालबालिका र दुई जना शिक्षक बन्दुकको हिंसामा मारिएको ठ्याक्कै एक महिना पछि आज १३ अर्ब डलरको प्याकेज समेटिएको उक्त विधेयक मतदानका निम्ति प्रतिनिधिसभामा प्रस्तुत हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved