काठमाडौंः पूर्वका नेपाल–भारत सीमा शुक्रबार बिहानदेखि ७२ घण्टाका लागि सिल गरिएका छन् ।
आइतबार हुने दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन जीटीएको चुनावलाई लक्षित गरी शुक्रबारदेखि सीमामा सिल गरिएको हो ।
भारतीय पक्षले गरेको पत्राचारपछि पश्चिम बङ्गालसँग सीमा जोडिएको इलामको पशुपतिनगर र झापाको काँकरभिट्टा तथा भद्रपुर नाका सिल गरिएको छ ।
नाका सोमबार बिहान ६ बजे खोलिनेछ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved