काठमाडौंः पाँचथरबाट बिरामी बोकेर झापातर्फ जाँदै गरेको बोलेरो इलाममा दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
पाँचथरको मिक्लाजुङस्थित प्राथमिक स्वास्थ्य केन्द्र रविबाट बिरामी लिएर झापाको दमक जाँदै गरेको बोलेरो इलामको माङसेबुङ गाउँपालिका–२, दहगाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परी पाँचथरका दुई तथा इलामका एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका– ५, कुरुम्बाका ६५ वर्षीय हिमप्रसाद लावती र उनकी श्रीमती ५७ वर्षीय पदमकुमारी तथा इलामको माङसेबुङ गाउँपालिका–२ का ५० वर्षीय प्रकाश राई छन् ।
हिमप्रसाद र प्रकाशको घटनास्थलमै तथा पदमकुमारीको उपचारका लागि झापाको दमक लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
बोलेरो चालक भने फरार रहेकाले खोजी भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved