श्रीलंकामा दुई हप्ताका लागि इन्धन बितरणमा रोक

  • असार १४, २०७९
  • कालापानी मिडिया
alt

एजेन्सी । श्रीलंकाले अत्यावश्यक सेवाहरू बाहेक अन्य सेवाका लागि दुई हप्तासम्म इन्धन बिक्रीमा रोक लगायो, घरबाटै काम गर्ने बाताबरण बनाउन निजी क्षेत्रलाई अपिल ।

श्रीलंकाले अत्यावश्यक सेवाहरू बाहेक अन्य सेवामा इन्धन बिक्रीमा दुई साताका लागि रोक लगाएको छ ।

आर्थिक संकटमा फसेको श्रीलंकाले तेल आपूर्ति सकिएपछि अत्यावश्यक सेवा बाहेक अन्य सेवामा इन्धन बिक्री गर्न रोक लगाएको हो । साथै श्रीलंकन सरकारले कर्मचारीहरूलाई घरबाट काम गर्न अनुमति दिन निजी क्षेत्रलाई अपिलसमेत गरेको छ । सोमबार मध्यरातदेखि स्वास्थ्य क्षेत्रलगायतका अत्यावश्यक सेवाहरूबाहेक अन्य सेवालाई इन्धन बिक्री गर्न असमर्थ रहेकोले सबैले सहयोग गर्न सरकारका प्रवक्ता बन्दुला गुणवर्द्धनाले आग्रह गर्नुभएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र पाएपछि अहिलेसम्मकै चरम आर्थिक संकट सामना गरिरहेको छ । इन्धन, खाद्यन्न र औषधिजस्ता अत्यावश्यक उत्पादन आयतका लागिसमेत रकम तिर्न सकेको छैन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved