काठमाडौं । भारतको तपोवन धारचुलाको धौलीगङ्गा जलविद्युत् परियोजनाको ड्याम साइटको ढोका खोलिएको छ ।
आज बिहान ५ बजेदेखि भारतले सिल्ट फ्लशिङ्ग गर्न ढोका खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
महाकाली नदीमा जलसहत बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । बाँधको ढोका बेलुका ८ बजेसम्म खुला हुने पनि जिल्ला प्रशासन कार्यालय दार्चुलाले निकालेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved