एजेन्सी । क्यानडामा जुन २९ सम्म कुल २७८ जनामा मंकीपोक्सबाट सङ्क्रमित भेटिएका छन् ।
ब्रिटिश कोलम्बियाका चार, अल्बर्टाबाट पाँच, ओन्टारियोबाट ६७ र क्युबेकका २०२ सङ्क्रमणका घटनाहरू दर्ता भएका हुन् ।
मंकीपोक्स भाइरसको जोखिमको जोखिम कुनै समूहमा मात्र नभएर यसको शिकार जो कोही पनि हुनसक्ने बताइएको छ । अधिकाङ्श सङ्क्रमितहरू २० देखी ६९ उमेर समूह भित्रका छन् ।
यो रोग सामान्यतया मध्य र पश्चिम अफ्रिकाको जङ्गली भागहरूमा पाइएको थियो।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved