काठमाडौं । रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।
पार्टीको नाममा विवाद आउन थालेपछि उनको दल दर्ता नै नहुने हो कि भन्ने अन्योल अब हटेको हो।
आयोगले विवाद सुल्झाउँदै त्यही नामलाई मान्यता दिएको हो।
प्रस्तावित चुनाव चिह्न ‘घण्टी’लाई पनि आयोगले आधिकारिकता दिएको पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिएका हुन्। लामिछानेको पार्टीको नाम र चुनाव चिह्नबारे आयोगमा उजुरी परेको थियो।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved