काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको होस्टलमा कार्यरत महिला कर्मचारी मृत फेला परेकी छन् ।
काभ्रेको तेमाल गाउँपालिकाकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
शनिबार होस्टेलको स्टाफको कोठाको डबल डेकर खाटमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
करिब डेढ वर्षदेखि होस्टेलमा कार्यरत उनको शव अझै उठेको छैन ।
मृतक परिवार तथा आफन्तहरू केएमसी स्कुल बाहिर जम्मा भएका छन् । उनका आफन्तले उनको हत्या भएको आशंका गर्दै निश्पक्ष छानबिनको माग गरेका छन् ।
प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाउन आफन्तसँग छलफल गर्ने प्रयास गरिरहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved