एजेन्सी । युक्रेनको सम्पूर्ण डोनबास क्षेत्र कब्जा गर्ने लक्ष्यअनुरूप लुहान्स्क प्रान्तको प्रमुख अन्तिम सहरलाई रूसी सेनाले नियन्त्रणमा लिएको दाबी गरेको छ ।
रुसका रक्षामन्त्री सर्गेई शोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूसी सेनाले स्थानीय पृथकतावादी समूहका सदस्यहरूसँग मिलेर लिसिचान्स्क शहरमा पूर्ण नियन्त्रण लिएको जानकारी गराएका हुन् ।
रूसले सार्वभौमसत्ताको रूपमा मान्यता दिएको युक्रेनका दुई पृथकतावादी क्षेत्रहरूमध्ये एउटा लिसिचान्स्कलाई नियन्त्रणमा लिनु लुहान्स्क जनगणतन्त्रको मुक्ति भएको रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि लुहान्स्कका गभर्नरले आफ्नो प्रान्तमा प्रतिरोधको अन्तिम किल्ला लिसिचान्स्क कब्जा गर्न रूसी सेनाले आफ्नो स्थिति बलियो बनाएको र बुझ्न नसकिने रणनीतिका साथ सहरमा आक्रमण गरेका बताएका थिए । युक्रेनी अधिकारीहरूले लिसिचान्स्कको पछिल्लो अवस्थाबारे भने केहि जानकारी दिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved