अमेरिकाको शिकागो शहरमा गोली चल्दा ६ जनाको मृत्यु, ३१ जना घाइते

  • असार २१, २०७९
  • कालापानी मिडिया
alt

एजेन्सी । अमेरिकाको शिकागो शहरमा स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ ।

इलिनोइसको हाइल्याण्ड पार्कमा भएको उक्त गोली काण्डमा कम्तिमा ३१ जना घाइते भएका छन् ।

५ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएका प्रहरीले जनाएको छ ।

परेड शुरु भएको केही समय पछि परेड मार्गमा अन्धाधुन्ध गोली चलाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बन्दुकधारीले घरको छतबाट गोली हानेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले २२ वर्षीय रोबर्ट ई क्रिमोलाई पक्राउ गरेको छ । सन् १७७६ को जुलाई ४ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको दिनको अबसरमा अमेरिकाभर राष्ट्रिय विदा दिइन्छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved