दार्चुलामा महाकाली तर्दै गर्दा तुइन चुडिएर एक युवा वेपत्ता

  • असार २२, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं। दार्चुला ब्यास गाउँपालिका– २ दुम्लिङस्थित गोठाल घाटमा तुइन तर्ने क्रममा एक युवा बेपत्ता भएका छन्।

बुधबार तुइन तर्ने क्रममा ब्यास गाउँपालिका– २ कै १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका हुन्। तुइन चुँडिदा उनी नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार उनी भारतबाट गाउँ फर्किन तुइन तनै लागेका थिए। बेपत्ता युवकको जिल्ला प्रहरी कार्यालयको वडा नम्बर २ कै अस्थायी प्रहरी पोस्टका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले खोजी गरिरहेका प्रहरीले जनाएको छ।

गत वर्षको साउन १५ मा सोही ठाउँमा तुइन तरेर भारत जाने क्रममा खसेर जयसिंह धामी पनि बेपत्ता भएका थिए। भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा नदीमा बेपत्ता भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved