अव सवारीसाधनमा लेखिएका 'गुरुजीका सायरी पढ्न' नपाइने

  • असार २३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीसाधनको पछाडि लेखिएका सायरी र गजल हटाउने अभियान सुरू गरेको छ ।

काठमाडौं ट्राफिकको जिम्मेवारी सम्हालेको भोलिपल्टै बिहीबार डीआईजी मीरा चौधरीले सायरी र गजल हटाउने अभियान सुरु गरेकी हुन् ।

उनले भनेकी छन्, यो मेरो अभियानभन्दा पनि पुरानैलाई निरन्तरता दिइएको हो । मैले प्रभावकारी बनाउनमात्र खोजेकी हुँ ।ु

यस्ता कुराहरुले डिस्ट्रयाक्ट पनि गर्छ । त्यसैले हटाइनुपर्छ भन्ने हो,’ डीआईजी चौधरीले भनिन्, ‘तर, सन्देशमूलक लेखाइलाई भने केही गर्दैनौं । त्यस्तोलाई हामी आफै प्रवर्द्धन गर्छौं ।’

यता काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जारी गरेको विज्ञप्तिमा पुरानै अभियानको निरन्तरताभन्दा नयाँ अभियान सुरु भएको आशय देखिन्छ ।

‘सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरुले चालकको ध्यान मोडिई दुर्घटना निम्त्याएको पाइएपछि काठमाडौं उपत्यकाको ट्राफिक प्रहरीले हटाएको हो’, त्यसमा लेखिएको छ, ‘नेपालको कानून विपरीत महिला, बालबालिका, सिमान्तकृत समुदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख, रचना, कविता, सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचारप्रसार गर्न वा लेख्न पाइँदैन ।’

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved