ब्राभित्र राखेर एक महिलाले कोरलिन् हाँसको अण्डा

  • असार २४, २०७९
  • कालापानी मिडिया
alt

एजेन्सी । मान्छेले आफ्नै शरीरको ताप दिएर चराचुरुंगीको अण्डा कोरलेको सुन्नुभएको छरु सायदै छैन होला तर यहाँ एउटा अनौठो र रमाइलो कुरा भएको छ।

अमेरिकाको क्यालिफोर्नियामा एकजना महिलाले आफ्नो ब्राभित्र हाँसको अण्डा राखेर कोरलिदिएकी छिन्। बेट्सी रोस नामकी ती महिलाले पार्कमा अलपत्र अवस्थामा फेला पारेको हाँसको अण्डालाई आफ्नो ब्राभित्र पैँतीस दिनसम्म राखेर कोरलिदिएकी छिन्। उक्त अण्डाबाट हाँसको बचेरो निस्किएको छ।

समाचार अनुसार क्यालिफोर्नियाको भिसालियास्थित एक सार्वजनिक पार्कमा परिवारसँग हिँडिरहेको बेला उनले क्षतविक्षत अवस्थामा रहेको हाँसको एउटा गुँड देखिन्। उक्त गुँड बाहिर हाँसको एउटा अण्डा थियो। उक्त अण्डामा सानो चिरा परेको भए पनि अरु असर परेको थिएन।

उनीसँगै रहेका उनका छोराछोरीले उक्त हाँसको अण्डा घर लगेर त्यसबाट हाँसको बच्चा निकाल्ने प्रयास गर्न अनुरोध गरे। तर उनले त्यसअघि घरमा कहिल्यै पनि चरा पालेकी थिइनन् र अण्डा कोरल्ने बारेमा उनलाई कुनै ज्ञान थिएन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved