मन्त्री क्वार्टरको वासिङ मेसिन पूर्वमन्त्रीको घरमा

  • असार २६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । निवर्तमान मन्त्रीहरूले सरकारी आवास गृह छाड्दा आवासका सामान घरतिर लिएर जाने गरेका छन्। मन्त्रीको प्रयोजनका लागि सरकारी सुविधामा आवासमा राखिएका भाँडाकुँडा, पर्दा, पङ्खा, टेलिफोन सेट, प्रिन्टर, वासिङ मेसिनलगायतका सामग्री बहिर्गमन हुँदा उनीहरूले लिएर जाने प्रवृत्ति यस पटक दोहोरिएको छ। ताकेता गर्दा कतिपय मन्त्रीले लिएर गएका सामान तत्काल फिर्ता ल्याइदिने गरेका छन् भने कतिपयले निकै गाह्रो मानेर फिर्ता गर्छन् । कतिपय मन्त्रीले भोलि फर्काइदिन्छू’ भन्दै टार्ने गरेका छन्।

यो प्रवृत्तिले सरकारी आवास गृह व्यवस्थापनमा खटिएका कर्मचारी आजित भइसेकका छन्। पछिल्लो पटक कृषि तथा पशुपक्षीमन्त्री पदबाट बिदा पाएका महेन्द्र राय यादवले पुल्चोकस्थित मन्त्रीनिवास छाड्दा वासिङ मेसिनदेखि अन्य केही सामग्री लिएर गएको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका कर्मचारीले बताएका छन्। आवासबाट लैजान नमिल्ने सामान लिएर गएको थाहा पाएपछि सचिवालयले उनलाई ती सामग्री फर्काउन पत्राचार ग¥यो। कार्यालयका स्टोरकिपर पशुपति पोखरेलले पूर्वमन्त्री यादवलाई त्यसबारे जानकारी गराएपछि उनले ती सामान फर्काउने प्रतिबद्धता व्यक्त गरेको बताए।
पूर्वमन्त्री यादवले सरकारी आवास छाडेको एक साताभन्दा बढी भइसक्दा पनि शुक्रबारसम्म ती सामग्री फिर्ता भने गरेका छैनन्। यस विषयमा पूर्वमन्त्री यादवले भने, ‘मेरा सहयोगीले के–के ल्याए, त्यो थाहा भएन। सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयका कर्मचारीले भनेपछि त्यहाँका केही सामान मकहाँ आएको भए लिस्टअनुसार फिर्ता गरिदिनू भनेर सहयोगीहरूलाई भनेको छु।‘ उनले आफू स्थानीय तह निर्वाचनका बखत उपत्यकामा नहुँदा वासिङ मेसिन बिग्रिएर बनाउन सहयोगीले बाहिर लगेको दाबी गरे। तर त्यस्ता सामग्री बिग्रिएमा कार्यालयलाई जानकारी गराउनुपर्ने र त्यहीँबाट मर्मत गर्न लगाउने व्यवस्था रहेको छ।

पूर्ववनमन्त्री रामसहाय यादवले पनि आवास छाड्दा सरकारी प्रिन्टर नभेटिएपछि सचिवालयले सोधखोज गरेको थियो। पछि वन मन्त्रालयका स्टोरकिपरले प्रोजेक्टरसँगै लगेको थाहा पाएपछि सचिवालयमै फिर्ता गरिएको छ। मन्त्री यादवका छोरा शत्रुघन यादवले आफूले क्वार्टरमा बुझाउनुपर्ने सबै सामान रुजु गरेर बुझाएको बताए।
यो खबर गोरखापत्रमा राधा चालिसेले लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved