काठमाडौं । चितवनमा बसले किच्दा सहचालकको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका२५ शुक्रनगरमा ना ५ ख ९६७ नम्बरको बसले किच्दा बसका सहचालक सोही महानगरपालिका(२४ बस्ने २१ वर्षीय सुरज नेपालीको आइतवार बिहान मृत्यु भएको हो ।
बस बिग्रिएर मर्मत गरिरहेको अवस्थामा बस चालकले बस स्टार्ट गरी अगाडि बढाउने क्रममा किच्दा गम्भीर घाइते भएका नेपालीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved