एजेनसी । श्रीलंकामा राष्ट्रपति र प्रधानमन्त्रीको घरमा कब्जा गरेका प्रदर्शनकारीले दुवै नेताले आधिकारिक रुपमा राजीनामा नदिँदासम्म घरबाट ननिस्किने बताएका छन् ।
राष्ट्रपति गोटाबाटा राजापक्षे र प्रधानमन्त्री रनिल विक्रमसिंघेले राजीनामा दिएपछि मात्रै कब्जा गरिएका संरचनाबाट बाहिर निस्किने उनीहरूले बताएका हुन् ।
गम्भीर आर्थिक संकटबाट जुग्रिरहेको श्रीलंकामा अहिले निरन्तर विरोध प्रदर्शन भइरहेको छ । शनिबार भएको प्रदर्शनमा प्रधानमन्त्री विक्रमसिंघेको निजी आवासमा प्रदर्शनकारीहरुले आगो समेत लगाएका थिए । श्रीलंकाका सभामुखले शनिबार दिएको जानकारी अनुसार राष्ट्रपति गोटाबायाले १३ जुलाईमा राजीनामा दिने बताउनुभएको छ ।
तर, यसबारेमा आधिकारिक रुपमा कुनै पनि किसिमको वक्तव्य भने आएको छ । प्रधानमन्त्री विक्रमसिंघले भने शनिबार राष्ट्रपति र प्रधानमन्त्री भवनमा भएको विरोधपछि आफूले राजीनामा दिन तयार भएको जानकारीे ट्विटरमार्फत् दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved